विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएपछि…
चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो ।
यस विषयमा अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उनले अनलाइनखबरसँग भने, ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौं ।’
स्रोतका अनुसार डिजिटल बोर्डमा के राख्ने/नराख्ने भन्ने पहुँच कार्यालय प्रमुखसँग हुन्छ । भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले भने आफ्नो कार्यालयमा आफू र अर्का एक जना इन्जिनियर कर्मचारीसँग यसको पहुँच भएको बताए । तर प्रधानमन्त्रीविरुद्धको नारा कसले राख्यो भन्ने पत्ता नलागेको उनले बताए...







