चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला चलचित्र हेर्न जान्छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला चलचित्र हेर्न जान्छन् । बाक्लै संख्यामा चलचित्र हेर्न जाँदैनन् । तर, उनी चलचित्र हेर्न गएपछि समाचारको विषय बन्छ ।

तर, चलचित्र हेरेपछि उनको प्रतिक्रिया आउँदैन । सामान्यतः नेताहरू चलचित्र हेर्न गएपछि उनीहरू उक्त सिनेमाबारे प्रतिक्रिया दिन्छन्, जुन युट्युब तथा सञ्चारमाध्यममा आउँछ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीलगायत नेता चलचित्र हेर्न गइरहन्छन् । उनीहरूको प्रतिक्रिया पनि सञ्चारमाध्यममा आउँछ । युट्युब र अनलाइन तथा छापामा चलचित्रबारे उनीहरूले बोलेको प्रतिक्रिया बाक्लै देखिन्छ ।

मेयर बालेन चलचित्र हेर्न गएको समाचार र तस्बिरमात्रै आउँछ । तर, प्रतिक्रिया आउँदैन । उनलाई चलचित्र राम्रो वा नराम्रो कस्तो लाग्यो कतै पनि पढ्न र सुन्न पाइँदैन ।

उनी पछिल्लोपटक हलमा गएर हेरेको चलचित्र हो, ‘लाज शरणम्’ । यस चलचित्रमा उनी आफैँले एउटा र्‍याप गाएका छन्, ‘नेपाल हाँसेको… ।’

रिलिजको एक हप्तापछि चलचित्र हेर्न गएका उनी छोटोमा केही बोले, तर ‘प्रोफेसनल क्यामेरा’मा होइन । त्यसमा पनि बालेन पूरै सिनेमाबारे बोल्दैनन् । चलचित्रभित्रको एउटा क्यारेक्टरमा मात्रै केन्द्रित भएर बोल्छन् ।

‘लाज शरणम्’मा सिताराम कट्टेल ‘धुर्मुस’ले निभाएको क्यारेक्टरबारे बालेन ‘डिटेलमा दिनुभयो’ भन्ने प्रतिक्रिया दिन्छन् । यो चलचित्रमा धुर्मुसले मोहम्मद अफताव आलमको गेटअपमा एक भारतीय व्यापारीको भूमिका निभाएका छन् । बालेनले त्यही चरित्रको तारिफ गर्छन् । तर, ‘लाज शरणम्’बारे राम्रो वा नराम्रो केही भनेनन् ।

बालेन आफूखुसी चलचित्र हेर्न जाँदैनन् । चिनेका निर्माता, निर्देशक र कालाकारको आग्रहमा मात्रै जान्छन् । जसको आग्रहलाई नकार्न सक्दैनन्, उसको चलचित्रमात्रै हेर्न जान्छन् ।

“उहाँलाई चलचित्र हेर्न लैजान त्यति सहज छैन । चिनेको व्यक्ति जसको आग्रहलाई नाइँ भन्न सक्नुहुन्न, यस्तो चलचित्रमात्रै हेर्न जानुहुन्छ,” बालेनलाई आफ्नो चलचित्र हेर्न लगेका एक निर्देशक भन्छन्, “पहिलो कुरा त उहाँ चलचित्र हेर्न जानै मान्नुहुन्न । दोस्रो, उहाँले पहिला नै मिडियामा नबोल्ने सर्त राख्नुहुन्छ ।”

ती निर्देशकका अनुसार, बालेन सुरुमै सञ्चारमाध्यम नबोलाउने र सुटुक्क सिनेमा हेरेर फर्किने सर्त राख्छन् । उक्त सर्त नमाने बालेन चलचित्र हेर्न जाँदैनन् ।

“मेयर (बालेन) सा’बलाई चलचित्र हेराउन लैजान सहज छैन । मिडिया बोलाउँदैनौँ, कुनै मिडिया आए पनि तपाईंसँग बोल्ने वातावरण बनाउँदैनौँ भनेर सुरुमै प्रतिबद्धता जनाउनुपर्छ,” बालेनलाई आफ्नो चलचित्र हेर्न लगेका एक निर्माता भन्छन्, “झुक्किएर पनि कुनै पनि मिडिया नपुगून् भनेर उहाँ सकेसम्म रातिमात्रै चलचित्र हेर्न जानुहुन्छ ।”

बालेनलाई चलचित्र हेराउन लैजानुको कारण उनले सामाजिक सञ्जालमा सिनेमाबारे सकारात्मक केही लेखिदिए भने हलमा दर्शक आउँछन् भन्ने रहेको ती निर्माताको भनाइ छ ।

सामाजिक सञ्जालमा ठूलो परिमाणमा फ्यान फलोइङ रहेकाले केही चलचित्र निर्देशक र निर्मातामा बालेनले राम्रो लेखिदिए उनका सक्रिय फ्यान तथा शुभेच्छुक सिनेमा हेर्न गइदिने विश्वास रहने गरेको ती निर्माता बताउँछन् ।

यद्यपि, बालेन चलचित्र हेर्न गए पनि उनी सामाजिक सञ्जालमा राम्रो वा नराम्रो भनेर स्टाटस लेख्दैनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...