Day: २०८२ श्रावण १७, शनिबार

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चितवन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुरुआत गरेको हो । राप्ती नगरपालिका–१ लोथरको झन्डै २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ । आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ । अमलेखगञ्जबाट लोथरसम्मको दूरी ६२ किलोमिटरमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ । परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको कार्यान्वयन शुरू भएको बताउनुभयो । सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको र आजदेखि नै सडक निर्माण गर्ने, आइओसीसँग समन्वय...
लामो समयपछि तराईमा वर्षा, किसानमा रोपो जाग्ने आश

लामो समयपछि तराईमा वर्षा, किसानमा रोपो जाग्ने आश

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । “अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ”, भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, “पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।” यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार मह...