बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर
आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी स्थित बैजनाथ आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
शिबिरमा हस्पिटलका कार्यकारी निर्देशक डा. गोविन्द रोकाया, डा. सुशन शाक्य र डा. मनीष साहले शिबिरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरे ।
शिविरमा १०० भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य परामर्श सेवा लिएका छ्न ।
आवश्यकताअनुसार थप परीक्षण, उपचार तथा विशेषज्ञ सेवाका लागि सम्बन्धित सेवाग्राहीहरूलाई अस्पतालमा सम्पर्क गर्न सुझाव प्रदान गरिएको छ।
मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरले विगतदेखि नै समुदायमा सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न क्षेत्रहरूमा सामाजिक सेवामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्द...















