Breaking News 2

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...
कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर। कञ्चनपुरको लाल झाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत अवस्थामा फेला परेको हो। लाल झाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले बताए। ठाकुरका अनुसार हात्ती के कति कारणले मरेको हो भन्ने खुलेको छैन्। लाल झाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यानसमेत गएको थियो।...
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी : बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतवार बेलुका कर्णाली राजमार्गमा दुर्घटनमा परेको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ। समथर जमिन भएकाले विद्यार्थीहरु घाइते नभएका प्रहरीले बताएको छ। बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरील...
परराष्ट्रमन्त्री राणा ७ दिने भ्रमणका लागि ओमान जाँदै

परराष्ट्रमन्त्री राणा ७ दिने भ्रमणका लागि ओमान जाँदै

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् । सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन् । ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको छ । सोही अवसरमा खाडी क्षेत्रका देशहरूको संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) क्षेत्रमा रहेका नेपाली राजदूतहरूसँग पनि राणाको भर्चुअल बैठक हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।...
कैलालीबाट लागू औषध सहित ३ युवक  पक्राउ

कैलालीबाट लागू औषध सहित ३ युवक पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट लागू औषध सहित गोदावरी नगरपालिका – ५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । यस्तै धनगढी उपमहानगरपालिका – १२ “सी” गाउँबाट सोही ठाउँका  २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । धनगढी उपमहानगरपालिका –  १२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
धनगढीबाट अछाम जाँदै गरेको भ्यान दुर्घटना,दुई जना घाइते

धनगढीबाट अछाम जाँदै गरेको भ्यान दुर्घटना,दुई जना घाइते

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढीबाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।डोटीको जोरायल गाउँपालिका-१ गैरा बजार स्थित धनगढी बाट चौखुट्टे अछाम तर्फ जाँदै गरेको सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभि भ्यान दुर्घटना भएको हो। सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जना मध्ये २ जना घाइते भएकोे प्रहरीले जनाएको छ। अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ। घाइते हुनेमा परिचय नखुलेकी अन्दाजी २०/२२ वर्षीया एक महिला र डोटीको शिखर नगरपालिका-८ तिलतालीका वर्षीय चक्र बलायर रहेका छन्। घाइते दुबै जनालाइ उपचारका लागी डडेलधुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।...
प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीलाई गरिएका आक्रमणका घटना छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएको सचिवालयले जनाएको छ।...
चितुवाको छालासहित युवक पक्राउ

चितुवाको छालासहित युवक पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका(३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो । त्यहाँ बसिरहेको अवस्थामा साउदलाई फेला पारी खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार टाउको देखि पुच्छरसम्म छालाको ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ रहेको छ । उनलाई पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।...
दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो :प्रचण्ड

दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो :प्रचण्ड

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको बताए । ‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन,’ उनले भने ‘सरकारमा रहेकाहरूमा दुईतिहाइको अहंकार थियो । राष्ट्रिय सभामा त्यसको राम्रो जवाफ दिएको छ ।’ सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको भन्दै प्रचण्डले बहुमतले पेलेर जान सक्ने अवस्था नरहेको जिकिर गरे । माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै उनले अध्यादेशको भविष्य जसपा नेपालको निर्णयमा भर पर्ने बताए । पूर्वप्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको...