सुदूरपश्चिम

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

राजनीति, सुदूरपश्चिम
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष नेतृत्व नै घर–घर पुग्न थालेपछि चुनावी वातावरणमा स्पष्ट परिवर्तन देखिन थालेको छ ।   गाउँबस्तीमा आयोजित भेटघाट, छलफल र घरदैलो कार्यक्रममा मतदाताको उपस्थिति बढ्दो छ । कार्यकर्ता परिचालन र संगठित अभियानले समर्थकहरू उत्साहित बनेका छन् भने अन्य दलका उम्मेदवारहरू पनि आफ्नो रणनीति पुनः परिमार्जन गर्न बाध्य भएका छन् ।   विशेषगरी निवर्तमान गृहमन्त्री रमेश लेखक स्वयं घरदैलो अभियानमा सक्रिय भएपछि कांग्रेसको पक्षमा चुनावी लहर बलियो हुँदै गएको विश्लेषण स्थानीय स्तरमा भइरहेको छ ।   क्षेत्र नम्बर ३ मा लामो समयदेखि संगठन विस्तारमा सक्रिय रहेका बोहराको पक्षमा नेताहरू खुलेर लागेपछि मतदाताबीच पनि नयाँ बहस सुरु भएको छ । चुनावी परिणाम के हुन्छ भन्ने क...
कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

समाचार, सुदूरपश्चिम
कञ्चनपुर ।नेपाली काँग्रेसले कञ्चनपुर क्षेत्र ३का उम्मेदवार हरि प्रशाद बोहरा जिताउनका लागि फिल्डमा खटिएका छन । काँग्रेस कञ्चनपुरका पुर्व सभापति हरि प्रशाद बोहरा जिताउनका लागि पुर्वगृहमन्त्री एव निर्वतमान सांसद रमेश लेखक पाटी केन्द्रीय सदस्य सन्तोषी साउद सहितका काँग्रेस नेता कार्यकर्ताहरु फिल्डमा खटिएका छन ।   चार दशक राजीतिमा होमिएका बोहरालाई जिताउनका लागि काँग्रेसी मैदानमा खटिएका हुन । पहिलो पटक चुनावी मैदान टेकेका बोहरालाई पहिलो प्रयासमै जिताउनका लागि नेता कार्यकर्ताहरु फिल्डमै खटिएका छन । काँग्रेसले भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारदेखि घरदैलो गरेको काँग्रेस जिल्ला उपसभापति एव जिल्ला निर्वाचन परिचालन मुल समिति संयोजक मिन बहादुर सिहले बताए ।   सिहका अनुसार क्षेत्र १मा गोपी प्रशाद उपाध्याय, २मा एनपी साउद र ३मा हरि प्रशाद बोहरा जिताउनका लागि युद्धस्थरमा खटिएको बताए ।...
छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । अमेरिकामा बसोबास गर्दै आएका ऎर दम्पतिले आफ्नो छोराको जन्मदिनको अवसर पारेर कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न तथा फलफूल वितरण गरेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–तुफानडाँडा स्थायी घर भई हाल अमेरिकाको एक राज्यमा बस्दै आएका बागमती ऎर र मीन ऎरले छोरा शौरभ ऎरको ५ बर्स पूरा भएर ६ बर्समा प्रबेश गरेको शुभ जन्मदिनको अवसरमा सेवा केन्द्रमा आश्रित असाहाय महिला तथा जेष्ठ नागरिकलाई खाना खुवाउनुका साथै फलफूल वितरण गरेका हुन्। महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका असाहाय तथा जेष्ठ नागरिकहरूलाई नातिको जन्मदिनको शुभअवसरमा सेवा गर्न पाउँदा निकै खुसी लागेको समाजसेवी तथा शौरभ ऎरका बाजे देवबहादुर जोराले बताए। उनले यस्ता मानवीय सेवाका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे। हाल उक्त महिला तथा जेष्ठ नागरिक सेव...
महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । महेन्द्रनगरस्थित TVS शोरूम (महामाया ट्रेड एण्ड सप्लायर्स) ले ग्राहकहरूका लागि ‘TVS स्मार्ट एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ। माघ १ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ TVS सवारी साधन साट्न सकिने व्यवस्था गरिएको छ। योजनाअनुसार ग्राहकले रु. ८ हजारसम्मको भ्यालु एडिसन, रु. ७ हजारसम्मको क्यास डिस्काउन्ट तथा निःशुल्क एशोसिरिज प्राप्त गर्नेछन्। साथै, TVS का सवारी साधनमा लाइफ टाइम वारेन्टी समेत उपलब्ध गराइने शोरूम म्यानेजर भागरथी आग्रीले बताइन ।योजनामा फटाफट फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसका लागि न्यूनतम कागजातमै सवारी साधन खरिद गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ। यस योजनाले ग्राहकलाई सहज, किफायती र भरपर्दो रूपमा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। पछिल्लो समय TVS का विभिन्न मोडलका ...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा नेपाली कांग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका हुन्। भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।” उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अ...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

uncategory, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व सम्मत रुपमा अध्यक्षमा दोहिरिएका हुन । सुनारको अध्यक्षतामा सर्व सम्मत नया समिती चयन गरिएको हो । संघको बरिस्ठ उपाध्यक्षमा ध्रुब निरौला र उपाध्यक्षमा डम्बर गहतराज र मनोज सिह सुनार चयन भएका छ्न। संघको महासचिवमा अशोक ठाकुर र सचिवमा अन्जु सुनुवार र कोषाध्यक्षमा सुमित लामिछाने अधिवेशनबाट चयन भएका छ्न । नया समितीको सदस्यमा राजेन्द्र पौडेल, रोशन शोब, प्रकाश बिक, मुनिदेबी शाह, चादनी ठाकुर, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मीन बहादुर सुनार र सुरेन्द्र सोब सदस्य भएका छ्न । संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोस लामिछानेले अधिवेशन उद्घाटन गरे । संघको १७ औ साधारण सभा तथा सातौ अधिवेशनको अध्यक्षता सुरत बहादुर सुनारले गरे । कार्यक्रममा संघका पूर...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्रेशन फाराम) समयमै नबुझाएको भन्दै जिल्लाका केही माध्यमिक विद्यालयहरूलाई सचेत गराएको छ। इकाइले सार्वजनिक गरेको सूचनाअनुसार कक्षा १० मा भर्ना भएका एसईई परीक्षा दिने विद्यार्थीहरूको रजिस्ट्रेशन फाराम अनिवार्य रूपमा यस इकाइमा बुझाउनुपर्ने व्यवस्था भए पनि केही विद्यालयहरूले पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत तोकिएको समयसीमाभित्र विवरण पेश नगरेको पाइएको छ। सूचनामा उल्लेख गरिएअनुसार २०८१ मंसिर महिनामा समेत सम्बन्धित विद्यालयहरूलाई जानकारी गराइए पनि हालसम्म फाराम नबुझाएको पाइएकाले अब त्यसबाट पर्न जाने असर–परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वयं हुने स्पष्ट गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका इकाइ प्रमुख लक्ष्मण गिर...
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

समाचार, सुदूरपश्चिम
कंचनपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख अथित्यमा शनिवार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । मन्त्री सार्कीले सहकारीको आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको बताए । प्रदेश सरकारले सहकारीहरूलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति तथा बजेट विनियोजन गर्ने मन्त्री सार्कीले प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय सदस्य प्रताप चन्दले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मुल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नयाँ भवन निर्माणका लागि उनले मन्त्री सार्की समक्ष आवश्यक ४० लाख रुपैया छुट्याउन आग्रह गरे । साधारण सभामा बोल्दै केन्द्रीय लेखा आयोगका सचिव ईश्वरी प्रसाद खरेलले प्रदेश सर...
औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा औद्योगिक प्रतिष्ठानको उत्पादकत्व वृद्धि गर्न हेरचाह केन्द्र आवश्यकता र पहिचान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा स्याहार हेरचाह सेवाको औपचारिक रूपमा प्रवद्र्धन गर्न उद्देश्यसहित ‘सुदूरपश्चिम प्रदेशमा हेरचाह सेवा केन्द्रको आवश्यकता र अवसरहरूको नक्सांकन र पहिचान’ गर्न आयोजित विशेष कार्यक्रमले हेरचाह केन्द्रको पहिचान गरेको हो । अन्तरास्ट्रिय श्रम संगठनको आर्थिक एवम प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त रूपमा सन्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले हेरचाह सेवा अझै सरकारको प्राथमिकताको क्षेत्र बन्न नसकेको गुनासो गरेका थिए । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष जीवन रानाले हेरचाह क्षेत्रमा सहयोग पुग्ने गरि सरकारले विभिन्न नीति तयार गरेको बताइन । ‘प्रदेश सरकारले हेरचाह क...
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले बताए । बिहीबार कैलाली कारागारमा रहेका तीन जना कैदिवन्दिलाई अन्यत्र सरुवा गरेपछि झडप सुरु भएको थियो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा मुछिएका तीन जनालाई बिहीबार अन्य कारागार सरुवा गरिएको प्रहरी प्रबक्ता सिंहले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले बताए । कैदीलाई सरुवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हुन सक्ने आँकलन गरिएको छ ।   एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती सेवा जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ । आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गर...