सुदूरपश्चिम

प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ- उपकुलपति डा. जोशी

प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ- उपकुलपति डा. जोशी

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि गृहकार्य भैरहेको बताएका छन्। बुधबार कञ्चनपुरको बेलौरीमा भाषा आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति जोशीले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी मानक भाषाका लागि डोट्याली र थारू भाषाको सिफारिस गरिसकेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वयन भइनसकेको बताए। उनले सरोकारवाला सबै भाषाभाषिहरूसंग अन्तरक्रिया गरी मानक भाषाको निर्धारणका लागि कानून निर्माण गरिनु आवश्यक रहेको बताए। उपकुलपति जोशीले डोटेली भाषालाई खण्डीकृत गर्ने प्रयास गरिनु उपयुक्त नभएको बताउदै प्राचीन डोटी सभ्यताको भाषा नै डोटेली भाषा भएकोले अनावश्यक विवाद गर्न नहुने बताए। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट रहेका थ...
बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा। कर्णाली करिडोरमा जिप दुर्घटना भएको छ। शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको बताए। हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना भएको जिपमा सवार चालकसहित ६ जना घाइते भएका प्रहरीले बताएको छ। घाइते हुनेमा चालक अन्दाजी २० वर्षका सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी वर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ वर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ वर्षकी अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ वर्षका विज्ञान सार्की छन्। उनीहरुलको कोल्टी अस्पतालमा उपचार भइरहेको छ। जिप एक्कासि अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ।...
लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ परेका छन्। कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन्। ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।...
कैलालीमा आगलागीबाट १३ लाख बढीको क्षति

कैलालीमा आगलागीबाट १३ लाख बढीको क्षति

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीका एक जनाको घर र गोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ रामशिखरझालाका सुके रावलको घर र गोठमा शनिवार राति आगलागी भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीले रावलको १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ। स्थानीय मनोज रोकायाको गोठमा पनि आगोले क्षति गरेको छ। उनको तीन लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।    ...
कैलालीमा बस र ईभी गाडी आपसमा ठाेक्किए

कैलालीमा बस र ईभी गाडी आपसमा ठाेक्किए

ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका छन् । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराकाे जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराकाे पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ बस्ने २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ। यतिबेला घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
अछामका गणेशले हँसियाले आफ्नै घाँटी काटेपछि..

अछामका गणेशले हँसियाले आफ्नै घाँटी काटेपछि..

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । अछामका एक जनाले आफ्नै घाँटी काटेका छन्। जिल्लाको बान्निगढी–जयगढ गाउँपालिका–३ जाल्तोलाका ४० वर्षीय गणेश लुहारले आफ्नै घाँटी हँसियाले काटेका हुन। जिल्ला प्रहरी कार्यालय, अछामले मङ्गलवार दिउँसो आफ्नै घरको आँगनमा हँसियाले आफ्नै घाँटी रेटेका गणेशको मृत्यु भएको बताएको छ। प्रहरीले उनलाई घरबाट घाइते अवस्थामा अस्पताल लगेको थियो। प्रहरीले उनलाई न्याय हेल्थ अस्पताल, बयलपाटामा उपचारका लागि लगेको होे। बयलपाटामा उपचार सम्भव नभएपछि गणेशलाई धनगढी ल्याइएको थियो। धनगढी आउने क्रममा डोटीको गैरा क्षेत्रमा उनको मृत्यु भएको अछाम प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।...
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मिर्गौला रोगबाट पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए । उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए । सोमबार मात्रै उनी अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए । उनकी पत्नी ईश्वरीदेवी सिंह अस्पतालमा कुरुवा बसिरहेकी थिइन्। प्रहरीका अनुसार पत्नी निदाएको मौका छोपेर सिंह छतमाथि उक्लिएका थिए । प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले जनाए अनुसार, प्रहरीहरूले उनलाई वार्ड फर्किन आग्रह गरे पनि उनले तत्कालै हाम फालेका थिए ।...
दार्चुलाको चौलानी नदी किनारमा एक पुरुष मृत भेटिए

दार्चुलाको चौलानी नदी किनारमा एक पुरुष मृत भेटिए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला । दार्चुलामा अन्दाजी ४५ वर्षीय एक पुरुषको वेवारिसे शव भेट्टिएको छ ।बुधवार (आज) दिउँसो साढे ३ बजेतिर जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ खेताली स्थित चौलानी नदीको किनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ । शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।...
कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर। कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–६ बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुन्य दशमलव ९४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यसैगरी भीमदत्त नगरपालिका–६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुबै जनालाई शुक्रवार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागुऔैषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ बेलाबाट ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई बिहिवार साँझ प्रहरीले पक्राउ गरेको छ। उनलाइ अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस्तै, धनगढी उपमहानगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित गोदावरी नगरपालिका–८ बस्ने २३ वर्षीय महेन्द्र शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।...