सुदूरपश्चिम

कैलालीबाट लागू औषध सहित ३ युवक  पक्राउ

कैलालीबाट लागू औषध सहित ३ युवक पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट लागू औषध सहित गोदावरी नगरपालिका – ५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । यस्तै धनगढी उपमहानगरपालिका – १२ “सी” गाउँबाट सोही ठाउँका  २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । धनगढी उपमहानगरपालिका –  १२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
धनगढीबाट अछाम जाँदै गरेको भ्यान दुर्घटना,दुई जना घाइते

धनगढीबाट अछाम जाँदै गरेको भ्यान दुर्घटना,दुई जना घाइते

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढीबाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।डोटीको जोरायल गाउँपालिका-१ गैरा बजार स्थित धनगढी बाट चौखुट्टे अछाम तर्फ जाँदै गरेको सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभि भ्यान दुर्घटना भएको हो। सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जना मध्ये २ जना घाइते भएकोे प्रहरीले जनाएको छ। अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ। घाइते हुनेमा परिचय नखुलेकी अन्दाजी २०/२२ वर्षीया एक महिला र डोटीको शिखर नगरपालिका-८ तिलतालीका वर्षीय चक्र बलायर रहेका छन्। घाइते दुबै जनालाइ उपचारका लागी डडेलधुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।...
चितुवाको छालासहित युवक पक्राउ

चितुवाको छालासहित युवक पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका(३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो । त्यहाँ बसिरहेको अवस्थामा साउदलाई फेला पारी खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार टाउको देखि पुच्छरसम्म छालाको ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ रहेको छ । उनलाई पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।...
धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

Breaking News 1, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक किशोरीमाथि करणी गरिएको घटना सार्वजनिक भएको हो। बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ। उनीमाथि १८ वर्षीय किशोरले बिहीवार साँझ जबरजस्तीकरणी गरेका हुन। स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएका प्रहरीले बताएको छ। त्यसपछि उनी युवकसँगै उनको घर पुगेकी थिइन्। किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन्। पीडित किशोरीले शनिवार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिवार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए। किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी...
बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार

बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार गरिएको छ । गौमुल गाउँपालिका-३ की २२ वर्षीया सिर्जना बोहराले बाटोमै बच्चालाई जन्म दिएकी हुन् । बोहरालाई माझपाली आधारभूत स्वास्थ्य केन्द्रबाट स्टेचरमा बोकेर महिला स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी स्वास्थ्य संस्थामा ल्याएको स्टाफ नर्स सीता खड्काले बताइन् । सिर्जना र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बाटोमै छोरालाई जन्म दिएकी उनलाई अवस्था सामान्य भएपछि स्वास्थ्य केन्द्रबाट घर पठाएइको बताइएको छ ।...
कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका २ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएको जानकी गाउँपालिका ९ बस्ने २१ वर्षीय जिवन चौधरी पक्राउ परेका छन्।...
कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ । गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ । बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।  ...
अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या।

अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी ।अछाममा मृत फेला परेका दुईजना किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । जिल्लाको ढकारी गाउँपालिका-१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या ढकारी गाउँपालिका -३ बस्ने दुई किशोरले हत्या गरेको खुलेको हो।यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको ...
बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु।

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म / संस्कृति, समाचार, सुदूरपश्चिम
बाजुराः बाजुरामा ‘जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ’ सुरु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा बिहिबार देखी महायज्ञ सुरु भएको हो। माघ २४ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको बिहिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले समुद्घाटन गरेका थिए। विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विद्यालयसँगै सोही ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको बताईएको छ। महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले बताए। उनले विद्यालयको सर्वा...