सुदूरपश्चिम

धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर टोलका लालबहादुर बोहराको गएराति हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको बताए। उनको घाँटीमा कैँची प्रहार गरिएको थियो। कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो। तर, उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।...
बैतडीमा जिप दुर्घटना ६ जना घाइते

बैतडीमा जिप दुर्घटना ६ जना घाइते

Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो। घाइते हुनेहरूमा १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ।...

लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ परेकी छिन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको जनाएको छ।...
बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो। जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए। बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो। बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर।  कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोवरैया स्थित सार्वजनिक पिपल चौतारीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार १।२० ग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन । उनलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...
धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार राति धनगढी उपमहानगरपालिका१३ बाट सोही ठाउँ बस्ने २७ वर्षका खेमराज राना १४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।...
सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको आज सात वर्ष पूरा भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दोस्रो प्रदेशसभाको कार्यकाल आज दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको र यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको बताए । “यो दुई वर्षमा प्रदेशसभाले चार ऐन संशोधन गरेको छ”, उनले भने, “चालु आर्थिक वर्षको बजेट दुई पटकको प्रयासमा ल्याइएको थियो ।” पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘बिजनेस’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसल...
कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। इस जिल्लाको घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका छन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यसैगरी धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरीलाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
आज देखि धनगढीमा प्रधानमन्त्री कप महिला कृकेट हुदै

आज देखि धनगढीमा प्रधानमन्त्री कप महिला कृकेट हुदै

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, सुदूरपश्चिम
धनगढी । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आज देखि प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टोली र २ विभागिय टोलीले भाग लग्ने नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउँदले बताए । उनका अनुसार उद्घाटन खेद सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विच हुने छ । प्रतियोगिता अवलोकनका लागि निशुल्क मैदान प्रवेस गर्ने व्यवस्था गरिएको केन्द्रिय सदस्य साउँदले बताए । क्यानका प्रतियोगिता समन्वय संयोजक तेज प्रकाश भट्टका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५ लाख, द्धितीय पुरस्कार ३ लाख, म्यान अफ दी सिरिज खेलाडीलाई ५० हजार, उत्कृष्ट बल र ब्याट्सम्यानलाई २५–२५ हजार र प्लेयर अफदी म्याच खेलाडीलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । लीग चरणमा हुने प्रतियोगिताका सञ्चालनका लागि दुई पोलमा टोली विभाजन गरिएको छ । पहिलो पोलमा एपिए...
नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल

नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नागरिकका समस्य समाधान गर्ने आफ्नो पहिलो प्रार्थमिकता हुने बताएका छन् । कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएपछि पत्रकारसंग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकनरी हमालले नागरिकलाई सअज सेवा दिन र सहज सेवा दिन आफ्नो ध्यान केन्द्रित हुने बताए । हमालले नागरिकका समस्या र सेवा प्रवाह सहज हुने गरी समाचार सामग्री प्रकाशित, प्रसारित गर्न पनि सञ्चारकर्मिलाई आग्रह गरे । आग्रह गर्नु भएको छ । नकारात्मक तरिकाले भन्दा सकारात्मक सन्देश प्रशारण गर्दा बढी प्रभावकारी हुने बताउँदै उनले त्यता तर्फ पनि ध्यान दिन सञ्चारकर्मि संग आग्रह गरे । विकासका कामहरु धमाधम अघि बढिरहेका बताउँदै उहाँले केही भएकै छैन भन्ने जस्ता नकारात्मक समाचार प्रकाशित गरेर नागरिकलाई निराश नबनाउन पनि आग्रह गरे। प्रमुख जिल्ला अधिकारी हमालले सञ्चार क्षेत्रलाई मर्यायादित बनाउन...