ताजा अपडेट

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

Breaking News 1, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ । त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको छ । “हाम्रो दुईवटा जिम्मेवारी छन् । एउटा आफ्नो दलहरूको आवाज उठाउने । विपक्षी दललाई लिएर आवाज घनीभूत गर्ने विषयमा लामो छलफल भएको छ,” पाण्डेले भने । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ब्रिफिङ गरेका थिए । बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि ग...
कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
१७ माघ, धनगढी । कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।...
कर्मचारी कटौती गर्दै ट्रम्प, १ साताभित्र स्वेच्छाले जागिर छाडे ८ महिनाको तलब दिइने

कर्मचारी कटौती गर्दै ट्रम्प, १ साताभित्र स्वेच्छाले जागिर छाडे ८ महिनाको तलब दिइने

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्न थालेका छन् । ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्न एक हप्ताको समय दिएको छ । लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ सम्म ९एक साता० को समय दिएर जागिर छाड्ने कर्मचारीलाई आठ महिनाको अतिरिक्त तलब दिइने भनिएको छ । अर्थात्, उनीहरूले अबको एक साताभित्र स्वेच्छाले जागिर छाडे आगामी सेप्टेम्बर ३० सम्मको तलब सुविधा पाउनेछन् । सरकारी तथ्यांक अनुसार, संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । प्यू रिसर्चका अनुसार, संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ । समाचार एजेन्सी एपीका अनुसार, भेटेरेन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण प्रशोधनका काम गर्ने अधिकारी र सेनाका लागि हतियार खरिद गर्ने ठेकेदारहरू निकालिन सक्नेछन् । खाद्यान्न र पानी आपूर्तिको अनुसन्धान गर्ने ...
सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो

आजको विशेष, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १४ सय बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।  ...
संसदीय दलको बैठकमा ओलीले भने- ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

संसदीय दलको बैठकमा ओलीले भने- ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१५ माघ, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ०८४ मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन् उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे । ‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढले...
अछाममा करिब  १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

अछाममा करिब १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
अछाम। अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।  माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दीपेन्द्र जोशीले जानकारी दिए। विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।  अछामका १० पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल  विनायक नगरपालिकामा एक हजार ६४८ र सबैभन्दा कम बान्नी...
गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- पहिलो दिन अध्यादेश पेस, त्यसपछि प्रतिस्थापन विधेयक

गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- पहिलो दिन अध्यादेश पेस, त्यसपछि प्रतिस्थापन विधेयक

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिउँदे अधिवेशनको पहिलो दिन नै अध्यादेश पेस गर्ने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् । सोमबार साँझ सरकारी निवास बालुवाटारमा बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको प्रारम्भमा नै उनले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरू संसद्को पहिलो दिनमै पेस गर्ने जानकारी गराएका थिए । साथै, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने पनि उनले बैठकमा भनाइ राखेको उनको सचिवालयले बताएको छ । संसद्लाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ । त्यसअघि तयारीस्वरुप अहिले गठबन्धन दलका...
डोटीमा घरको दिवाल भत्किदा २ बाख्रा मरे

डोटीमा घरको दिवाल भत्किदा २ बाख्रा मरे

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डोटीः डोटीमा एक जनाको घरको दिवाल भत्किदा २ वटा बाख्रा मरेका छन्।जिल्लाको शिखर नगरपालिका–६ मटेलाका यज्ञ लुहारको एक तले दुई कोठे घरको बिचको दिवाल भत्किदा सोमवार गोठमा बाँधेका आठ वटा बाख्रा मध्ये २ वटा बाख्रा मरेका प्रहरीले जनाएको छ। अन्य ६ वटा बाख्राको भने जिबितै उद्धार गरिएको जनाइएको छ।
अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा

अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा

Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाम। अछाममा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ। आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी  ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थिए। मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवार...
कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीमा छाउगोठमा सुतिरहेको अवस्थामा महिलामाथि बाघले आक्रमण गरेको छ।जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए ।...