धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन
धनगढी । जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एकेडेमीका सञ्चालक महेश रावलको अगुवाइमा धनगढी ४ उत्तरबेहडी चोकमा स्थापना गरिएको यो शाखाको आज सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले औपचारिक उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले सुदूरपश्चिमका युवाहरूले जापानी भाषा सिक्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइन्। “विदेश जानु भन्दा पहिला, आफ्नो ठाउँमै भाषा सिक्ने व्यवस्था हुनु अत्यन्तै सराहनीय छ,“ मन्त्री खड्काले भनिन्, “भाषा जुनसुकै देशको होस्, सिक्ने चाहना सकारात्मक हो, तर त्यसका लागि विदेशीने सोचमा मात्रै केन्द्रित हुनु जरुरी नहुने उनको भनाई छ ।
उनले प्रदेश सरकार अब नयाँ नीति निर्माणको चरणमा रहेको उल्लेख गर्दै अबदेखि निजी इन्स्टिच्युट खोल्नको लागि...














