प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ- उपकुलपति डा. जोशी
धनगढी। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि गृहकार्य भैरहेको बताएका छन्।
बुधबार कञ्चनपुरको बेलौरीमा भाषा आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति जोशीले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी मानक भाषाका लागि डोट्याली र थारू भाषाको सिफारिस गरिसकेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वयन भइनसकेको बताए। उनले सरोकारवाला सबै भाषाभाषिहरूसंग अन्तरक्रिया गरी मानक भाषाको निर्धारणका लागि कानून निर्माण गरिनु आवश्यक रहेको बताए। उपकुलपति जोशीले डोटेली भाषालाई खण्डीकृत गर्ने प्रयास गरिनु उपयुक्त नभएको बताउदै प्राचीन डोटी सभ्यताको भाषा नै डोटेली भाषा भएकोले अनावश्यक विवाद गर्न नहुने बताए।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट रहेका थ...














