नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नागरिकका समस्य समाधान गर्ने आफ्नो पहिलो प्रार्थमिकता हुने बताएका छन् । कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएपछि पत्रकारसंग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकनरी हमालले नागरिकलाई सअज सेवा दिन र सहज सेवा दिन आफ्नो ध्यान केन्द्रित हुने बताए ।
हमालले नागरिकका समस्या र सेवा प्रवाह सहज हुने गरी समाचार सामग्री प्रकाशित, प्रसारित गर्न पनि सञ्चारकर्मिलाई आग्रह गरे । आग्रह गर्नु भएको छ । नकारात्मक तरिकाले भन्दा सकारात्मक सन्देश प्रशारण गर्दा बढी प्रभावकारी हुने बताउँदै उनले त्यता तर्फ पनि ध्यान दिन सञ्चारकर्मि संग आग्रह गरे ।
विकासका कामहरु धमाधम अघि बढिरहेका बताउँदै उहाँले केही भएकै छैन भन्ने जस्ता नकारात्मक समाचार प्रकाशित गरेर नागरिकलाई निराश नबनाउन पनि आग्रह गरे। प्रमुख जिल्ला अधिकारी हमालले सञ्चार क्षेत्रलाई मर्यायादित बनाउन...






