Day: २०८१ माघ १७, बिहीबार

कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा।

कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा।

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा धनगढी कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ।   जिल्ला समन्वय समिति, कैलालीसहितको स्थलगत अनुगमन टोलीले १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको हो।   अनुगमन टोलीले बिहिवार नियन्त्रणमा लिएका २६ सवारी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ। जिल्ला समन्वय समिति, कैलालीका उप–प्रमुख खगराज भुषालले सेहरी क्षेत्रको खुटिया नदीमा दोहन गर्दै गरेको अवस्थामा सवारी नियन्त्रणमा लिएको बताए।   सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५९, से २ त ३५४३, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८१०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८०९, भे १८–६९५९, से १ त ५४४९, से १ त ४८८४, से १ त ६१६५, से १ त ७३८७, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९२३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो।   यस्तै, सुदूरपश्चिम...
अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

Breaking News 1, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ । त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको छ । “हाम्रो दुईवटा जिम्मेवारी छन् । एउटा आफ्नो दलहरूको आवाज उठाउने । विपक्षी दललाई लिएर आवाज घनीभूत गर्ने विषयमा लामो छलफल भएको छ,” पाण्डेले भने । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ब्रिफिङ गरेका थिए । बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि ग...
कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
१७ माघ, धनगढी । कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।...