जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ
धनगढी। जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले जुवातास मुद्दामा ३ महिना कैद सजाय र २५ हजार जरिवानामा तोकिएपछि फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने ५५ वर्षीय कालु सिंह धामी पक्राउ परेका छन्। धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट पक्राउ गरेको छ।...






