डोटीः डोटीमा एक जनाको घरको दिवाल भत्किदा २ वटा बाख्रा मरेका छन्।जिल्लाको शिखर नगरपालिका–६ मटेलाका यज्ञ लुहारको एक तले दुई कोठे घरको बिचको दिवाल भत्किदा सोमवार गोठमा बाँधेका आठ वटा बाख्रा मध्ये २ वटा बाख्रा मरेका प्रहरीले जनाएको छ। अन्य ६ वटा बाख्राको भने जिबितै उद्धार गरिएको जनाइएको छ।
अछाम। अछाममा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ। आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थिए। मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवार...
धनगढी । धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर टोलका लालबहादुर बोहराको गएराति हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको बताए। उनको घाँटीमा कैँची प्रहार गरिएको थियो। कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो। तर, उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।...
बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो। घाइते हुनेहरूमा १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्।
घाइते सबैको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ।...
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् ।
अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संसोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।
त्यस्तै, उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबीसमेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिए...
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।
उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ ।
थुनछेक बहस सकिएपछि जाहेरवाला...
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
...
११ माघ, पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो ।
प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।
कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए ।
सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर...
धनगढीः बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो।
जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए।
बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो। बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोवरैया स्थित सार्वजनिक पिपल चौतारीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार १।२० ग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...