सरकार परिवर्तनका कुरा हावादारी : अर्थमन्त्री

Advertisement

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् । 

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् ।

अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संसोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।

त्यस्तै, उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबीसमेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।

पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पुँजीगत खर्च बढ्ने जिकिर गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...