सुदूरपश्चिम

मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो । जसअन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो । कुल सात करोडमा आर्थिक वर्ष २०७७÷०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे तीन करोडमा ठेक्क...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो । पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउन्डेसनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताए । ‘आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उनले भने, ‘त्यो खाल्डो पनि पुरिएको छ, ठेकेदारलाई वास्तै छैन ।’ शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म फा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार राति १ बजेतिर सडक माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बिच बाटोमै रोकिएका थिए । पहिरो सफा गरेपछि सवारी साधन गन्तव्यतिर गइसकेका छन् । सडक डिभिजन कार्यालय बैतडीको जेसीबीले पहिरो सफा गरेपछि दिउँसोदेखि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । ‘अहिले राजमार्गमा पूर्णरुपमा सरावारीसाधन चलिरहेका छन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘अब मौसम सफा हुन लाग्यो यस्तो समस्या आउँदैन् ।’ बुधबार दिउँसोदेखि बैतडीमा पानी पर्नेक्रम रोकिएको छ ।...
विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमितको संख्या घटेको छ । कैलालीमा २०७९÷८० को अवधिमा साउन दोश्रो साता सम्म ४ सय ५५ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा सो संख्या बढेर एक हजार एक पुगेको थियो । स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीका अनुसार चालु आर्थिक बर्षको साउन २० गते सम्म कैलालीमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा हाल सम्म ३ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको धामीले बताए । सरकारले यस बर्ष लार्भ खोज र नष्ट गर भन्ने अभियानलाईं प्रभावकारी बनाएका कारण डेंगु नियन्त्रणमा आएको हुन सक्ने धामीको आँकलन छ । ‘विगतको भन्दा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमणमा नियन्त्रणमा देख्निछ’ धामीले भने, ‘सरकारलेनै डेंगु नियन्त्रणका लागि अभियान थालेका कारण केही नियन्त्रण भएको हुने सक्ने आ...
मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक बर्षे प्रगति विवरण सार्वजनिक गर्नु भएको हो । शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर...
सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । जापानिज भाषा अध्ययन को लागि उपयुक्त शैक्षिक गन्तव्य सगोल जापानिज ल्यांगवेईज ईन्सिच्युटले धनगढीमा शाखा विस्तार गर्न लागेको छ । काठमाडौंका सोह्रखुट्टे र पुतलीसडकमा रहेको सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा विस्तार हुन लागेको हो । शुक्रबार एक भव्य समारोहकाबिच सामाजिक विकास राज्यमन्त्री सरस्वति खडकले सो शाखाको समुदघाटन गर्ने तय भएको एकेडेमीले जानकारी दिएको हो । एकेडेमीले साउन २३ गतेसम्म भर्ना हुन आउने बिद्यार्थीहरूलाई सेवामा ३० प्रतिशत छुट सहित १२ को परिक्षा दिएर बसेकालाई बिशेष जनवरीदेखि अक्टोबर २०२६ भर्ना आवेदन खुल्ला गरेको छ । एकेडेमीले प्लस टु, ब्याचलर, मास्टरले आवेदन गर्न सक्ने जनाएको छ । एकेडेमीमा अनलाइन र भौतिक कक्षाहरु दुबै उपलब्ध रहेको छ भने कक्षाको समय छलफल योग्य राखेको छ । सो एकेडेमीमा न्यूनतम योग्यता १०+२ पास व...
प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ । सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिका-९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री आउँदैछन् ।...
लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीको धनगढीमा आइतबार देखि लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक÷पशिक्षण तालिम सञ्चालन भएको छ । लैंगिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच परिवर्तन गर्न आवश्यक देखिएकाले तालिम आयोजा गरिएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् । तालिममा सहभागि पुरुषलाई सिकेको कुरा समुदायमा लागु गर्न घिमिरेले आग्रह गरेकिछन् । लैंगिक हिंसा न्यूनीकरणका लागि महिला मात्रै जागरुक भएर नपुग्ने बताउँदै उनले पुरुष पनि सो अभियानमा संगै हुनुपर्ने बताइन् । हिंसा न्यूनीकणका लागि पुरुषका भूमीका पनि अपरिहार्य हुने अध्यक्ष घिमिरेको भनाई छ । ‘हिंसामा महिला संगै पुरुष पनि परेका हुन्छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर समाजमा सधै महिला माथीमात्रै हिंसा हुन्छ भन्ने सोच रहदै आएको छ, हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र सोच परिवर्तन हुनुपनि जरुरी छ ।’ तालिम उद्घाटन ग...
कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर  कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। १५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका छन्। खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि वञ्चित हुन नपर्ने मन्त्री खड्काले बताए। जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन्। राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका ...
इन्टर्नसिपका लागि रेडिकल एकेडेमीका ३५ विद्यार्थी भारत प्रस्थान

इन्टर्नसिपका लागि रेडिकल एकेडेमीका ३५ विद्यार्थी भारत प्रस्थान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी  । धनगढीस्थित रेडिकल एकेडेमीले Hotel Management अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई ६ महिनाको अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि भारतको राजस्थान पठाएको छ। विद्यार्थीहरूले भारतका प्रतिष्ठित होटल तथा आतिथ्य व्यवस्थापन संस्थानहरूमा प्रत्यक्ष रुपमा व्यावसायिक तालिम लिनेछन्। विदेशी Exposure र व्यवहारिक दक्षताको उद्देश्यसहित विद्यार्थीहरूको विदाइका लागि विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले विद्यार्थीहरूलाई शुभकामना दिँदै इन्टर्नसिप यात्राको औपचारिक शुभारम्भ गरे। सो अवसरमा विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा शिक्षक-शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। इन्टर्नसिपमार्फत व्यवहारिक शिक्षाको बलियो आधार छ महिनासम्म भारतमा रहने विद्यार्थीहरूले फ्रन्ट अफिस व्यवस्थापन, हाउसकिपिङ, फूड एन्ड बेभरिज, किचन म्यानेजमेन्ट, ग्राहक से...