सुदूरपश्चिम

रेबिज लागेर सेती प्रादेशिक अस्पतालमा एक युवकको मृत्यु

रेबिज लागेर सेती प्रादेशिक अस्पतालमा एक युवकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।...
थारू बस्तीमा बढ्यो माघीको रौनक

थारू बस्तीमा बढ्यो माघीको रौनक

आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् । ‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीक...
कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीको अत्तरियाबाट लागू औषध सहित एक कपडा व्यवसायी पक्राउ परेका छन् । गोदावरी नगरपालिका – १ अत्तरियामा कपडा पसल गरी बस्दै आएका ३० वर्षीय अवतार हुसेन पक्राउ परेका हुन । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – १४ घर भएका हुसेन बिहीबार धनगढी उपमहानगरपालिका – २ बाट पक्राउ परेका हुन । हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या

कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम
धनगढी । कैलालीमा पुरुषबाट हुने सम्बन्ध विच्छेदका मुद्धा बढेका छन् । कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको सख्या उच्च हुन थालेको छ । कैलाली जिल्ला अदालतको तीन बर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषबाट मुद्धा दार्त गर्ने क्रम हरेक बर्ष उच्च हुन थालेको हो । अदालतकाे तथ्याङ् अनुसार पछिल्लाे ६ महिनाकाे अवधिमा मात्रै २१० जना पुरूषले सम्बन्ध विच्छेदका लागि कैलाली जिल्ला अदालतमा उजुरी दिएका छन् । मुलुकी देवानी संहिता २०७४ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यस यता सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको संख्या निरन्तर बढ्न थालेको तथ्याङ्क छ । कैलाली जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९मा १ सय ७५ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । सो बर्ष जम्मा ६ सय ७ वटा सम्बन्ध विच्छेदका निवेदन दर्त...
कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीमा गोरु गाडा (डल्लप)लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ । हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो । प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो । अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको बताए । अभियानलाई गाउँ गाउँमा पुर्‍याउने उनको भनाइ छ । गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडाम...
पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो। धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ। बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन। चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पु¥याएको थियो।...
सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम, स्वस्थ्य
धनगढी । थारू समुदायमा खेखिने सिकलसेल एनिमिया राेगकाे ओैषधि नेपाल सरकारले निशुल्क वितरण गर्ने तयारी गरेकाे छ । भारत सरकार संगकाे सहयाेगमा सरकारले सिकल सेलका बिरामीलाई निशुल्क ओैषधि वितरणकाे तयारी थालेकाे स्वनस्थ्य तथा जनसंख्या मन्ती प्रदीप पाैडेकाे भनाई छ । मन्त्री पाैडेलका अनुसार विश्वस्वास्थ्य संगठनको सहयोगामा भारतबाट औषधी ल्याउने सम्झौता भइसकेकाले सिकलसेलका विरामीलाई छिट्टै निशुल्क औषधी वितरण गरिने छ । ओैषधि निशुल्क वितरण गरेपछि विरामिलाई सहज अपेक्षा गरिएकाे मन्त्री पाैडेलकाे भनाई छ । सिकलसेल राेग जटिल प्रकृतिकाे भएका कारण सरकारले राेगिकाे उपचारका लागि देशभर छुट्टै व्यवस्था गर्न थालेकाे मन्त्री पाैडेलकाे भनाई छ । मन्त्री पौडेलले सेती प्रादेशिक अस्पतालमा पनि सिकलसेल एनिमिया रोगको उपचारका लागि छुट्टै वार्ड निर्माण गर्न निर्देशन दिएकन छन् । ५ देखि १० वेड सम्मको छुट्टै वार्ड निर्म...

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...

कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो । कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ । प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...