कैलालीमा बढ्दै सम्बन्ध विच्छेद गराउने पुरूषकाे संख्या
धनगढी । कैलालीमा पुरुषबाट हुने सम्बन्ध विच्छेदका मुद्धा बढेका छन् ।
कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको सख्या उच्च हुन थालेको छ । कैलाली जिल्ला अदालतको तीन बर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषबाट मुद्धा दार्त गर्ने क्रम हरेक बर्ष उच्च हुन थालेको हो ।
अदालतकाे तथ्याङ् अनुसार पछिल्लाे ६ महिनाकाे अवधिमा मात्रै २१० जना पुरूषले सम्बन्ध विच्छेदका लागि कैलाली जिल्ला अदालतमा उजुरी दिएका छन् ।
मुलुकी देवानी संहिता २०७४ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यस यता सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुषको संख्या निरन्तर बढ्न थालेको तथ्याङ्क छ । कैलाली जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९मा १ सय ७५ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । सो बर्ष जम्मा ६ सय ७ वटा सम्बन्ध विच्छेदका निवेदन दर्त...









