ब्यापार

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

Breaking News 2, आजको विशेष, प्रदेश समाचार, ब्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नं. ४ का अध्यक्ष सुशीलकुमार भट्टको प्रमुख आतिथ्यता र संघका अध्यक्ष विशाल सोनारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिमा कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्ट, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रकाश उपाध्याय सहभागी हुनु भएको थियो भने कञ्चनपुर मण्डी व्यवसायी संघका सल्लाहकार तर्कराज भट्ट, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेय तथा एकता टोल विकास संस्थाका अध्यक्ष शेरबहादुर नेपाली अतिथि रहनु भएको थियो । कार्यक्रममा कञ्चनपुरका तरकारी, फलफूल, माछा तथा मासुजन्य व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साधारणसभामा मण्डी क्षेत्...
इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

Breaking News 2, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगर पालिका वडा नम्बर ३ अवस्थित इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । धनगढी उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजवहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्याक्रममा बोल्दै प्रमुख आथित्थ्य ऐरले बालबालिकालाई माया गर्ने आमा नै भएको बताए । उनले स– साना बालबालिकालाई कस्तो बनाउने, कस्तो मार्ग निर्देशनमा लैजाने भन्ने बारेमा आमाले सोच्ने गरेको बताए । उनले बच्चाहरुको सपना गर्न आमाले बच्चाहरुको ईच्छा अनुसार काम गर्नुपर्ने बताए । उनले अहिले कक्षा ८ पढ्ने बिधार्थीहरु लागु औषधमा फस्ने गरेको बताए । उनले आफ्नो घर भन्दा कति छ घरमा आउन जान कति समय लाग्छ, त्यसको बारेमा अभिभावकले जानुपर्ने बताए । उनले मोवाईलको प्रयोग राम्रो कामका लागि गर्नुपर्ने बताए । उनले बच्चाहरुलाई धेरै मोवाईल प्रयोग गर्न नदिई रचनात्...
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।...

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...

कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो । कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ । प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् । उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो । स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो । माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्या...

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
 मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...