महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

Advertisement

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धत
महेन्द्रनगर , कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री माननीय मधु देवी भारतीले महाकाली प्रादेशिक अस्पताल,कञ्चनपुरको आधुनिक नवनिर्मित भवनको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । अनुगमनका क्रममा राज्य मन्त्री भारतिले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक बजेट तथा स्रोत–साधन व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
निरीक्षणका क्रममा राज्यमन्त्री भारतीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेश पन्त, व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, चिकित्सक र सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो। छलफलका क्रममा अस्पतालको वर्तमान सेवा प्रवाह, नवनिर्मित भवन सञ्चालनको अवस्था, उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति व्यवस्थापन, अत्याधुनिक स्वास्थ्य उपकरण, औषधि आपूर्ति तथा आगामी आवश्यकताका विषयमा उहाँले जानकारी लिनु भएको छ ।
अस्पताल प्रशासनले नवनिर्मित भवन सञ्चालनमा आएपछि बिरामीलाई थप सहज, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने भए पनि पर्याप्त बजेट, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण तथा आवश्यक पूर्वाधारको व्यवस्थापन अपरिहार्य रहेको जानकारी गराएको छ । विशेषगरी विशेषज्ञ चिकित्सक, आधुनिक उपचार उपकरण तथा भवन पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
सो अवसरमा राज्यमन्त्री भारतीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले महाकाली प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण रेफरल अस्पताल भएकाले यसको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय र प्रदेश सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले अस्पतालको नयाँ भवन केवल संरचनामा मात्र सीमित नरही आधुनिक उपकरण, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापनमार्फत नागरिकले सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय स्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध भएमा बिरामीले उपचारका लागि काठमाडौं वा अन्य स्थान धाउनुपर्ने बाध्यता पनि क्रमशः कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।
छलफलमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले नवनिर्मित भवनले अस्पतालको सेवा क्षमता विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै भवनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र स्वास्थ्य उपकरण उपलब्ध गराइदिन प्रदेश सरकारसँग आग्रह गर्नुभयो।
त्यसैगरी, मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले अस्पतालमा उपचार सेवाको दायरा विस्तार हुँदै गएको उल्लेख गर्दै नयाँ भवन सञ्चालनसँगै विशेषज्ञ सेवा, आपत्कालीन उपचार तथा अन्य स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत-साधनको व्यवस्थापन अपरिहार्य रहेको धारणा राख्नुभयो।
अनुगमन तथा निरीक्षण कार्यक्रममा अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...