नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

Advertisement

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा नेपाली कांग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका हुन्।
भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।”

उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अघि सार्ने विश्वास व्यक्त गरेका छन्।
समयको माग अनुसार पार्टिले आफुलाई डडेल्धुराबाट प्रतिनिधि सभाको टिकट दिने उनले बिश्वास समेत ब्यक्त गरेका छन ।
जनताको मन र मत जितेर सेवकका रूपमा काम गर्ने दृढ संकल्प रहेको उल्लेख गर्दै भट्टले डडेल्धुरावासीले अत्यधिक मत दिएर आफ्नो विश्वासलाई जीवित राख्ने अपेक्षा गरेको बताएका छन्।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भट्टले डडेल्धुरामा दुई अर्ब रुपैयाँभन्दा बढी बजेट रोकिएको विषयमा सरकारलाई खबरदारी गर्ने अभियानको नेतृत्व समेत उनले गरेका थिए।
पेशाले सिभिल इन्जिनियर रहेका भट्टले बीई सिभिल इन्जिनियरिङ र वाटर रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन्।

इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्ट नेपाली काँग्रेसभित्रको काँग्रेस सुधार अभियान (U-40) मा आबद्ध हुँदै युवा आन्दोलनको नेतृत्व गर्ने व्यक्तिका रूपमा समेत चिनिन्छन्। नेपाल बिध्यार्थी संघको राजनिती र डडेलधुराका युवाहरु माझ युवा नेता भट्ट निकै लोकप्रीय समेत रहेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

नेपालमा सामाजिक सञ्जालमार्फत भिडियो पत्रकारिता विस्तार भइरहेका बेला “Leader Nepal” ले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रभाव बढाउँदै ...
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष ...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

कंचनपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका ...
निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । ...