महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

Advertisement

 

महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। सेन्टरबाट ग्राहकहरूले एनसेलका सबै ग्राहक सेवा तथा सुविधाहरू लिनुका साथै मोबाइल फोनलगायत विभिन्न एसेसरीहरु किन्न सक्छन् । स्थानीय व्यवसायलाई बढवा दिन ‘लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल’ थिममा यो सेन्टर सञ्चालनमा आएको हो । यहाँ ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई–सिम एक्टिभेसन, केवाईसी अपडेट, बिल भुक्तानी लगायत सम्पूर्ण ग्राहक सेवाहरू लिन सक्छन् ।

बिहीबार एक विशेष समारोहकाबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उक्त स्टोरको उद्घाटन गरेका हुन्। बोगटीले आफ्नो मन्तब्यकका क्रममा एनसेलले उपलब्ध गराएको सेवाको प्रशंसा गर्दै स्टोर पुनः सञ्चालनमा आउनुले स्थानीयहरूलाई थप सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे। “हालसालै म भारत गएको थिए। त्यहाँ एनसेलको रोमिङ सेवा निकै राम्रो रहेछ। स्थानीय रूपमा सेवा विस्तार हुनु निकै प्रशंसायोग्य छ,” उनले भने।

कार्यक्रममा नगरपालिका उपप्रमुख नीलम लेखक जोशी, एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्राण्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाईरेक्टर विशाखा लक्ष्मी खड्का र कस्टमर सर्भिस अपरेसन डाईरेक्टर ज्योति दाहालको पनि उपस्थिति रहेको थियो। एनसेल फ्रान्चाइज सेन्टरको नाममा पनि चिनिने यस सेन्टरले ग्राहकहरूलाई थप सहज, विश्वसनीय र प्रिमियम अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

महेन्द्रनगरको मदन चोकमा आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कस्टमर सर्भिस अपरेसन डाईरेक्टर ज्योति दाहालले स्थानीय व्यवसायीसँग हातेमालो गर्दै स्टोर सञ्चालनमा ल्याइएको र अब एनसेल स्टोरबाट डिभाइस देखि एसेसरी सबै एकै स्थानमा प्राप्त गर्न सकिने बताइन।

“स्थानीय रूपमा हामी सधैँ हाम्रा साझेदारहरूसँग जोडिएका थियौँ। यसलाई अझै बलियो बनाउनका लागि हामीले यो अवधारणा अन्तर्गत काम गर्न सुरु गरेका हौँ। यसले हामीलाई स्थानीय समुदायसँग पनि अझ नजिक ल्याउने विश्वास हामीले लिएका छौँ,” दाहालले भनिन्। “हामी महेन्द्रनगरका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न पाउँदा अत्यन्त खुसी छौँ।”

त्यस्तै कम्पनीका पछिल्ला कदमले नेपाली बजारप्रति एनसेलको प्रतिबद्धता झल्काएको एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्राण्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाईरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् । “नयाँ अवधारणासहित सञ्चालनमा आएको हाम्रा सेन्टरहरूले ग्राहकलाई थप सहजता र सुविधा प्रदान गर्ने एक महत्त्वपूर्ण कदम हो । स्थानीय स्तरका व्यवसायीसँग मिलेर हामीले ग्राहकहरूलाई नजिकबाट सेवा दिने लक्ष्य राखेका छौँ।”

यसअघि बुधवार एनसलेले धनगढीमा पहिलो फोफो सेन्टर सञ्चालनमा ल्याएको थियो।

स्थानीय व्यवसायी र उनीहरूसँगको साझेदारीलाई प्रोत्साहन दिँदै भविष्यमा पनि यस्ता स्टोरहरू सञ्चालनमा ल्याउने योजना रहेको एनसेलले जनाएको छ । यसले ग्राहकहरूलाई एकै स्थानबाट धेरै सेवा उपलब्ध गराउने र स्थानीय व्यवसायीलाई समेत सहयोग गर्ने विश्वास लिइएको छ । त्यस्तै कम्पनीले पछिल्लो समय आफ्नो मोबाइल एप केन्द्रित भएर सञ्चालन ल्याएका योजना लगायतका विषयबारे समेत ग्राहकले थप जान्न चाहेको कुरा आफ्नै नजिकको स्टोरबाट प्राप्त गर्न सक्ने हुँदा यसले कम्पनी र ग्राहकबिचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुर्‍याउने छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...