कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

Advertisement

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नं. ४ का अध्यक्ष सुशीलकुमार भट्टको प्रमुख आतिथ्यता र संघका अध्यक्ष विशाल सोनारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिमा कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्ट, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रकाश उपाध्याय सहभागी हुनु भएको थियो भने कञ्चनपुर मण्डी व्यवसायी संघका सल्लाहकार तर्कराज भट्ट, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेय तथा एकता टोल विकास संस्थाका अध्यक्ष शेरबहादुर नेपाली अतिथि रहनु भएको थियो ।
कार्यक्रममा कञ्चनपुरका तरकारी, फलफूल, माछा तथा मासुजन्य व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
साधारणसभामा मण्डी क्षेत्रको वर्तमान अवस्था, व्यवसायीले भोगिरहेका समस्या तथा मण्डीको दीर्घकालीन व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले कञ्चनपुर मण्डी दिनप्रतिदिन जीर्ण बन्दै गएको, पर्याप्त सरसफाइको अभाव रहेको तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र भए पनि आवश्यक स्वास्थ्य मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन । उनीहरूले सम्बन्धित सरकारी निकायले मण्डी व्यवस्थापनमा अपेक्षित ध्यान नदिएको गुनासो गर्दै समयमै सुधारका लागि ठोस योजना आवश्यकता रहेको बताएका छन ।
विशेषगरी मासुजन्य पसलहरूमा सामग्रीहरू अव्यवस्थित रूपमा राखिने, सरसफाइमा पर्याप्त ध्यान नदिइने तथा फोहोर व्यवस्थापन प्रभावकारी नभएकाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेको भन्दै तत्काल सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले मण्डी स्थानीय अर्थतन्त्रको महत्वपूर्ण केन्द्र भएकाले यसको व्यवस्थित विकास सबैको साझा जिम्मेवारी भएको बताउनु भएको छ । उहाँले खाद्य सामग्री बिक्री हुने स्थानमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना हुनुपर्नेमा जोड दिँदै व्यवसायी, स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा ब्यक्त गर्नु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघ सधै मण्डि व्यवसायि संग सहकार्य गरिरहेको उहाँले बताउनु भयो ।
प्रमुख अतिथि तथा वडा अध्यक्ष सुशीलकुमार भट्टले मण्डी क्षेत्रमा देखिएका समस्याप्रति नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै व्यवसायीले उठाएका जायज मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मण्डीको व्यवस्थापनको लागि वडाको बजेटले मात्रै नपुग्ने भएकोले मण्डीको सरसफाइ, पूर्वाधार विकास तथा व्यवस्थापन सुधारका लागि वडा कार्यालय र नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र पहल गरिने उहाँले बताउनुभएको छ ।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष विशाल सोनारले मण्डीलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउन सबै

व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले व्यवसायीहरूको हकहित संरक्षण, मण्डीको भौतिक पूर्वाधार सुधार तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर संघले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभामा सहभागी व्यवसायीहरूले मण्डी क्षेत्रको स्तरोन्नति, नियमित सरसफाइ, फोहोर व्यवस्थापन, व्यवस्थित मासु तथा तरकारी बिक्री स्थल, सुरक्षित खानेपानी, ढल निकास, पार्किङ व्यवस्थापन तथा स्वास्थ्य मापदण्डअनुसारको बजार सञ्चालनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा संघले आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण, व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा उपभोक्तामैत्री र स्वच्छ मण्डी नि

 

र्माणका लागि सबै सरोकारवालाबीच सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...