धनगढीमा तीन सय गाडी अट्ने ८० करोडमा बसपार्क बन्दै ।

Advertisement

धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने भएको हो।

धनगढीः धनगढीमा तीन सय गाडी अट्ने बसपार्क निर्माण हुने भएको छ।

धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने भएको हो।

नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा ‘अत्याधुनिक बसपार्क’ निर्माण गर्ने भएको छ। धनगढीमा नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ। धनगढी उपमहानगरपालिकाले तयार पारेको तीन वटा विस्तृत योजना प्रतिवेदनमा ९६ करोडको स्वीकृत भएको हो। तर, लागत कम गर्न उपमहानगरपालिकाले माटो भरान तथा मोहना नदीमा तटबन्ध गर्ने भएको छ। धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले माटो भरानको काम उपमहानगरपालिकाले गर्ने र मोहनामा तट्बन्ध प्रदेश सरकारमार्फत गर्न लगाउने बताए। उनले भने, ‘तीन वटा डिपीआर पेस भएका थिए। तर, लगानी कम गर्ने प्रयासमा हामी छौ। भरान र तटबन्धको काम घटाउछौ।’

बसपार्कको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) को काम जारी रहेको छ। धनगढी उपमहानगरपालिकाले डिभिजन वन कार्यालय, धनगढीमा पेस गरेको फाइल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आएको छ। मन्त्रालयले वातावरणीय परीक्षण र सामाजिक परीक्षणको काम गर्दै छ। वडाध्यक्ष ऐरले सामाजिक परीक्षणको कामसमेत भएको बताए। उनले वन मन्त्रालयले प्रतिवेदन लेखनको काम थालेको बताएका छन्। माघ २५ गतेसम्म मन्त्रालयले प्रतिवेदन लेखनको काम पूरा गर्ने तर्क उनको रहेको छ। वातावरणीय परीक्षण र सामाजिक परीक्षणको प्रतिवेदन तयार भएपछि प्रदेश सरकारले स्वीकृति गर्दै सङ्घीय वन तथा वातावरण मन्त्रालयमा फाइल पठाउने छ। बसपार्क निर्माणका लागि पाँच हेक्टर जग्गा प्राप्तिका लागि फाइल सङ्घीय वन मन्त्रालयमा पेस गरिने भएको हो।

प्रदेश सरकारले बसपार्कको जग्गा प्राप्तिको प्रक्रियागत कामहरू गर्दै छ। ऐरले भने, ‘सामाजिक परीक्षणको काम गरेका छौ। प्रतिवेदन लेखनको काम हुँदैछ। माघ २५ गतेसम्म लेखनको काम हुन्छ। प्रदेश सरकारको सुझावसहित नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा फाइल पेस गर्ने छौ। पाँच हेक्टरको हाराहारीमा जग्गा छ। जग्गा प्राप्तिका लागि गाह्रो छैन। वन मन्त्रालयले स्वीकृति दिएपछि चैत÷वैशाखमा शिलान्यास गर्न सक्छौ।’

धनगढीको नयाँ दुई तले बसपार्कमा प्रहरी चौकी, चिकित्सकसहितको १० शय्याको अस्पताल, बैठक कक्ष र स्पाहरू हुनेछन्। ८० करोडको लागत अनुमान गरिएको बसपार्कमा ८० प्रतिशत नगर विकास कोष र बाँकी धनगढी उपमहानगरपालिकाको लगानी हुने छ। सम्झौताको दुई वर्षमा बसपार्क निर्माणको काम पूरा हुने लक्ष्य रहेको छ।

बसपार्क निर्माण गर्न नगर विकास कोषबाट ८ प्रतिशत ब्याजदरमा २५ वर्षका लागि ऋण लिने तयारी गरिएको हो। बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख ३५ हजार आम्दानी हुने र नगर विकास कोषबाट मिलेको ऋण चुक्ता गर्न केवल ८ वर्षको आम्दानीले पुग्ने धनगढी उपमहानगरपालिकाको योजना छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...