गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् ।

‘ड्युटीमा रहेका प्रहरीलाई अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुको नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि गरेनछ’ गृहमन्त्रीमाथि प्रश्न उठाउँदै मंगलबार खनालले प्रतिनिधि सभाको बैठकमा भने। खनाल त्यही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । आफूलाई त्यहाँका धेरै विद्यार्थीले म्यासेज समेत गरेको उनले सुनाए ।

‘क्याम्पसमा, कक्षा कोठामा सँधै विद्यार्थी नेताहरूको दादागिरी चल्थ्यो । अब त पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ?’ विद्यार्थीहरुले आफूलाई गरेको म्यासेज वाचन गरे ।

‘कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने, कहिले सत्ता टिकाउनपर्ने बाहनामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान अनुसन्धान पनि गर्न आँट नगर्ने रु’ खनालको प्रश्न छ ।

एकातिर अभद्र व्यवहार भनेर आशिका तामाङहरू जस्तालाई पन्ध्र दिनसम्म हतकडी लगाएर डुलाउने, अर्कोतिर सत्तामा नजिक भएकालाई अनुसन्धान नै नगर्ने प्रवृति देखा परेको भन्दै उनले सरकार र गृहमन्त्रीमाथि प्रश्न उठाए ।

‘दलको आधारमा दलीय विद्यार्थीहरूलाई मात्रै यो देश सुरक्षित छ भनेर हामीले नेपाली युवाहरूलाई यही देशमा बस भनेर म्यासेज दिइराखेका छौं त ?’
युवाहरू विदेश गएको भनेर चिन्तित भएको नेताहरूको अभिव्यक्ति सुन्ने गरिएको उल्लेख गर्दै उनले व्यवहारमा दलको आवद्धताको आधारमा संरक्षण गर्ने प्रवृति मौलाएको उनको आरोप छ ।

‘दलको आधारमा दलीय विद्यार्थीहरूलाई मात्रै यो देश सुरक्षित छ भनेर हामीले नेपाली युवाहरूलाई यही देशमा बस भनेर म्यासेज दिइराखेका छौं त रु’ सरकारलाई उनको प्रश्न छ ।

‘दुई तिहाइको तपाईंहरुको बहुमत छ । गृहमन्त्रीले आफैँले कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ? तपाईंहरुलाई भोटै मात्रै हाल्न यो देशमा बसिदिनुपर्ने हो त रु’ खनालले प्रश्नमाथि प्रश्न गरे ।

यहीँनेर उनले गगृहमन्त्रीमाथि नैतिकताको प्रश्न गरे ।

‘गम्भीर प्रश्न उठेको छ । आफ्नो कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले आफ्नो कुर्सीमा बस्ने हो रु हामीलाई जवाफ दिनुपर्‍यो’ सांसद खनालले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

नेपालमा सामाजिक सञ्जालमार्फत भिडियो पत्रकारिता विस्तार भइरहेका बेला “Leader Nepal” ले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रभाव बढाउँदै ...
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष ...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

कंचनपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका ...
निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । ...