प्रदेश समाचार

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

Breaking News 1, प्रदेश समाचार, सुदूरपश्चिम
महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धत महेन्द्रनगर , कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री माननीय मधु देवी भारतीले महाकाली प्रादेशिक अस्पताल,कञ्चनपुरको आधुनिक नवनिर्मित भवनको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । अनुगमनका क्रममा राज्य मन्त्री भारतिले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक बजेट तथा स्रोत–साधन व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निरीक्षणका क्रममा राज्यमन्त्री भारतीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेश पन्त, व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, चिकित्सक र सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो। छलफलका क्रममा अस्पतालको...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

Breaking News 2, आजको विशेष, प्रदेश समाचार, ब्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नं. ४ का अध्यक्ष सुशीलकुमार भट्टको प्रमुख आतिथ्यता र संघका अध्यक्ष विशाल सोनारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथिमा कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्ट, नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष प्रकाश उपाध्याय सहभागी हुनु भएको थियो भने कञ्चनपुर मण्डी व्यवसायी संघका सल्लाहकार तर्कराज भट्ट, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेय तथा एकता टोल विकास संस्थाका अध्यक्ष शेरबहादुर नेपाली अतिथि रहनु भएको थियो । कार्यक्रममा कञ्चनपुरका तरकारी, फलफूल, माछा तथा मासुजन्य व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साधारणसभामा मण्डी क्षेत्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

Breaking News 1, अर्थ, प्रदेश समाचार, सुदूरपश्चिम
  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। सेन्टरबाट ग्राहकहरूले एनसेलका सबै ग्राहक सेवा तथा सुविधाहरू लिनुका साथै मोबाइल फोनलगायत विभिन्न एसेसरीहरु किन्न सक्छन् । स्थानीय व्यवसायलाई बढवा दिन ‘लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल’ थिममा यो सेन्टर सञ्चालनमा आएको हो । यहाँ ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई–सिम एक्टिभेसन, केवाईसी अपडेट, बिल भुक्तानी लगायत सम्पूर्ण ग्राहक सेवाहरू लिन सक्छन् । बिहीबार एक विशेष समारोहकाबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उक्त स्टोरको उद्घाटन गरेका हुन्। बोगटीले आफ्नो मन्तब्यकका क्रममा एनसेलले उपलब्ध गराएको सेवाको प्रशंसा गर्दै स्टोर पुनः सञ्चालनमा आउनुले स्थानीयहरूलाई थप सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे। “हालसालै म भारत गएको थिए। त्यहाँ ...